झापाको गौरीगञ्ज वडा नं.१ स्थित कमल बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा वडा नं.१ महाभाराका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । फुटबल खेलेर फर्कने क्रममा अन्य सात साथीसँग उनी खोलामा पौडी खेल्न पसेका थिए । सोही क्रममा उनलाई खोलाले बगाएको हो ।
Advertisement
राति अबेरसम्म कमल बनियानी खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आज बिहानैदेखि उनको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







