झापाको मेचीनगर नगरपालिका वडा नं.१४ प्रणामी नगर टोल बस्ने उजेन बिर्जाको घरमा अचानक आगलागी भएको छ ।
घरका मानिसहरु पाहुना गएको अवस्थामा गएराति ९:५० बजेको भएको आगलागीबाट बिर्जाको घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, फर्निचरका बिभिन्न सर-सामान र घर आंशिक रुपमा जल्दा अन्दाजी दुई लाख बराबरको क्षति भएको छ ।
स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा राति १०:२५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







