• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रात्रिकालीन काम गर्नेलाई कस्तो रोगको जोखिम?


  •    रेणु त्वानाबासु/ आइतबार, जेठ २०, २०८१  

  • धेरैजसो काम दिनमा नै सम्पन्न हुन्छन् । तर केही अत्यावश्यक काम भने दिनरात भनेर हुँदैन, ती काम राति पनि सुचारु राख्नुपर्ने जरुरी हुन्छ । विशेषगरी डाक्टर, नर्स, सुरक्षागार्ड, ट्राफिक प्रहरी, कल सेन्टरका काम गर्ने कर्मचारीले रातमा पनि उत्तिकै काम गर्नुपर्ने हुन्छ ।

    राति काम गर्ने व्यक्तिले सुत्न नपाउने भएकाले उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । यसमा शारीरिक मात्र नभएर मानसिक समस्या पनि हुन्छ ।

    Advertisement

    सेन्ट्रल साउथ युनिभर्सिटीको छियोथ्या अस्पतालका अन्वेषकहरूले राति काम गर्नेहरुका विषयमा १२ वर्षसम्म अध्ययन गरेका थिए, जसमा ३७ हजार जना सहभागी थिए । जसको नतिजा रातको सिफ्टमा काम गर्ने कर्मचारीहरुलाई दिउँसो काम गर्नेहरुका तुलनामा मधुमेह र हृदयरोगको जोखिम १६ प्रतिशतले बढी देखियो । यस्तै स्ट्रोकको जोखिम पनि उनीहरुमा उच्च देखियो ।

    Advertisement

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा.कमल लम्साल रात्रिकालीन काम गर्ने व्यक्तिमा हर्मोनको असन्तुलन हुने बताउँछन् । यसमा कार्टिसोल र एड्रिनल हर्मोनजस्ता स्ट्रेस हर्मोनको उत्पादन बढ्छ, जसले ब्लड प्रेसर बढ्ने, रगतमा सुगरको मात्रा बढ्ने, मुटुको चाल अनियमित भएर हृदयघातको जोखिम बढ्ने डा. लम्साल बताउँछन् ।

    ‘त्यस्तै दिनमा सुत्ने र राति काम गर्दा मोटोपन र मधुमेहको जोखिम बढ्छ । राति काम गर्ने कामदारहरूको हकमा यी विकारहरू हार्मोन उत्पादनमा असन्तुलनका कारण हुने गर्छ,’ उनी भन्छन् ।

    प्रायजसो रात्रिकालीन काम सिफ्टमा हुन्छ । हप्तामा एक दिन मात्रै राति काम गर्नेको तुलनामा एक दिन बिराएर राति काम गर्ने व्यक्तिलाई स्वास्थ्य समस्या धेरै हुन्छ ।

    नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जर्नलअनुसार रात्रिकालीन सिफ्टमा काम गर्ने नर्स र दिनमा काम गर्ने नर्समा थकान महसुस हुने, मानसिक र हृदयरोगको लक्षण बढी देखिएको छ । त्यसैले आलोपालो काम गर्ने कर्मचारीका लागि कार्यक्षेत्रमा राति आराम गर्नको लागि व्यवस्था हुनुपर्नेमा जोड दिइएको थियो ।

    त्यस्तै राति काम गर्ने व्यक्तिलाई मानसिक समस्या हुनसक्ने मनोचिकित्सक डा.सुजन तिवारी बताउँछन् । ‘राति काम गर्ने भन्नेबित्तिकै निद्रा र आरामको कुरा आउँछ, जुन उनीहरुले राम्रोसँग पाएका हुँदैनन् । राति काम गर्दा शरीर र मस्तिष्कले राम्रोसँग आराम पाउँदैन, जसकारण निद्रासम्बन्धी समस्या अर्थात् मेडिकल भाषामा अनिद्रा रोगको जोखिम हुन्छ,’ उनी भन्छन्, ‘आफ्नो चलिरहेको समयभन्दा बाहिर गएपछि मस्तिष्कले कुन बेला उठ्ने र सुत्ने भन्ने कुरामा अलमल पर्छ । मस्तिष्क अलमल भएपछि स्वतः निद्रा बिग्रिने र अनिद्रा बढ्ने समस्या हुन्छ ।’

    अनिद्राको समस्याले निद्रा नपर्दा बिहान उठ्दा फ्रेस महसुस नहुने, आलस्य हुने, थकान महसुस हुने, स्मरणशक्ति कमजोर हुने, ध्यानकेन्द्रित गर्न नसक्ने, सोच्ने क्षमतामा ह्रास आउने लगायत समस्या हुनसक्छ । त्यस्तै पहिले नै कुनै किसिमको मानसिक समस्या भएको अवस्थामा रात्रिकालीन कामले त्यसलाई झन् बल्झाउने वा दोहोरिने सम्भावना हुने डा. तिवारी बताउँछन् ।

    रात्रिकालीन काम गर्ने कतिपयलाई तनाव, डिप्रेसन, एन्जाइटी र मेनियाको खतरा हुन्छ । मेनिया कडा खालको मानसिक रोग हो । डिप्रेसन निराशा हो भने मेनिया त्यसको ठीक उल्टो लक्षण हुन्छ । ‘जस्तै मानिस चाहिनेभन्दा बढी खुसी हुने हुन्छ । यस रोगलाई उकास्ने काम निद्राको अस्तव्यस्त अवस्थाले गर्छ,’ डा.तिवारी भन्छन्, ‘शरीरलाई नपुग्ने गरी लगातार लामो समय अनिद्रा भइराखे डिप्रेसन र एन्जाइटी बढ्न सक्छ ।’

    तर जनरल फिजिसियन डा. रामहरि चापागाईं भने राति काम गरेकै कारण कुनै किसिमको दीर्घकालीन रोगको समस्या हुन्छ भन्न नसकिने बताउँछन् । उनका अनुसार राति काम गर्ने पनि तीन किसिमको हुन्छ, नियमित रात्रिकालीन काम गर्ने, आलोपालो रात्रिकालीन काम गर्ने र लामो समय अर्थात् ३६ घण्टासम्म काम गर्ने हुन्छन् । काम गर्ने किसिमअनुसार स्वास्थ्य समस्या फरक-फरक हुने उनी बताउँछन् ।

    ‘नियमित राति मात्र काम गर्छ, दिउँसो सुत्छ भने त्यसको सुत्ने समय मात्र फरक हुन्छ । यो बाहेक अन्य स्वास्थ्य समस्या एकदम कम हुन्छ,’ उनी भन्छन्, ‘आलोपालो राति काम गर्ने भएमा ध्यानाकर्षणमा कमी हुन्छ, जसकारण काम बिग्रिन सक्ने र सोच्ने क्षमता ह्रास आउने हुनसक्छ । तर नियमित राति काम गरेकै कारण स्वास्थ्यमा समस्या आउँछ भन्ने हुँदैन ।’

    तर राति काम गर्ने व्यक्तिले आराम गर्न मिल्ने गरी व्यवस्था भने गर्नुपर्ने उनी बताउँछन् ।

    राति नै किन सुत्ने ?

    शरीर र मनमस्तिष्कको शुद्धीकरण, शक्ति सन्तुलन र हर्मोनहरूलाई सामान्य अवस्थामा ल्याएर भोलिका लागि नयाँ जीवन प्रदान गर्ने प्राकृतिक नियम हो, निद्रा । किनकि, यो आरामदायी र पूर्ण हुन्छ । राति नै सुत्नुको मुख्य कारण उज्यालो नहुने, बाहिर हल्ला कम हुने वा नहुने हुँदा रातको निद्रा सहज हुन्छ । हल्ला र उज्यालोमा मस्तिष्क सक्रिय हुन्छ र निद्रा लाग्दैन । त्यसैले राति काम गर्नेले दिउँसो निद्रा लागोस् भनेर धेरै उज्यालोबाट बच्ने, कालो चस्मा लगाएर हिंड्ने, घर आउनासाथ पर्दा लगाएर होहल्ला नभएका ठाउँमा निदाउने प्रयास गर्नुपर्ने हुन्छ ।

    दिनमा कति सुत्नुपर्छ ?

    सामान्यतया एक वयस्क व्यक्ति दिनमा ६ देखि आठ घण्टा सुत्नुपर्छ । वृद्ध उमेरका व्यक्तिले पनि कम्तीमा पाँच घण्टा निदाउनैपर्छ । बालबालिकाले भने आठ घण्टा भन्दा बढी निदाउन आवश्यक छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    मनसुनको समयमा कस्तो खानेकुरा खाने ?
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.