विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवनको आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट किसान, सहकारी र पत्रकारलाई सम्मान गरिएको छ ।
‘दूध तथा दुग्ध पदार्थको सेवन दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित आयोजित २४ औं विश्व दूध दिवसमा एनएमसी एग्रो फार्म दुहागढीमा आज भएको कार्यक्रमा उत्कृष्ट किसान मोरङका विज्ञान बस्नेत, झापाका राजकुमार तामाङ, पत्रकार प्रशान्त खड्कालाई सम्मानपत्र र दोसलाले कृषि पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले सम्मान गरेकी थिइन् ।
कार्यक्रममा उत्कृष्ट सहकारी संस्थाहरुमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी डेरी उद्योग झापा, पिटुवा दुग्ध उत्पादक सहकारी संस्था रत्ननगर चितवन, कामधेनु दुग्ध विकास सहकारी संस्था आपगाछी सुनसरीलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा मन्त्री साहले सहकारी तथा व्यक्तिले संचालन गरेका दुग्ध उत्पादन कारखाना, डेरीलगायतका कारण पनि युवाहरु स्वरोजगार बनिरहेको बताइन् । उनले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएकी छन् । लोकतन्त्र पोष्टबाट







