• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाली समाज युएसएको पहलमा विद्यार्थीलाई छात्रवृत्ति


  •    संवाददाता/ मङ्गलबार, जेठ १५, २०८१  

  • अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

    आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको हो ।

    Advertisement

    झापाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विकको उपस्थितिमा जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो ।

    यसैबीच, झापा जिल्ला सहकारी संघले छात्रवृत्ति कोषको घोषणा गरेको छ । एक करोड रुपैयाँ कोष स्थापना गर्ने गरी घोषणा गरिएको हो ।

    कोषका लागि संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एक-एक लाख तथा सचिव भवानीप्रसाद दंगालले ५० रुपैयाँ प्रदान गरेका छन् ।

    कार्यक्रमका बीच झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज युएसएका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

    झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।

    यसैबीच, सोही कार्यक्रममा झापाली समाज युएसएले कनकाई नगरपालिकालाई शव बहानको चाबी हस्तान्तरण गरेको थियो । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी शव बहान खरिदका लागि रकम पठाइएको थियो ।

    संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विक, झापा विकास मञ्चका डक्टर आनन्द श्रेष्ठ, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

    संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.