झापामा मोटरसाइकलदेखि ट्रयाक्टरसम्म चोरी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन १ देखि हालसम्म जिल्लामा जम्मा २२ वटा सवारी साधन चोरी भएका छन् । जसमध्ये मोटरसाइकल १८, ट्रयाक्टर, अटो, सिटी रिक्सा र स्कुटर एक-एक वटा रहेका छन् । चोरीमा संलग्न २६ जनालाई पक्राउ गरी कार्वाही गरिएको झापा प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
गत चैत १९ गते गौरीगञ्जमा ट्रयाक्टर चोरी भएको हो । गौरीगञ्ज गाउँपालिका-१ मा स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्रयाक्टर चोरी भएको थियो ।
Advertisement
चोरी भएको ट्रयाक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारीको टोलीले गौरादह नगरपालिका-९ का ३५ वर्षीय सुनिल टुडूले भारततर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए ।







