नेकपा एमाले हल्दीबारी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशनको तयारी पूरा भएको छ ।
आगामी जेठ १२ र १३ गते हल्दीबारी-२ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा अधिवेशन आयोजना हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
उक्त अधिवेशनको सबै तयारी पूरा भई सकेको गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिएका छन् ।
अधिवेशनलाई सफल बनाउनका लागि कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा ३०१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने मोहनचन्द्र रेग्मीको संयोजकत्वमा आर्थिक उपसमिति, हरिकृष्ण अधिकारीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, महेश मेचेको संयोजकत्वमा प्रचार प्रचार उपसमिति, खेम न्यौपानेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, प्रकाश चुडालको संयोजकत्वमा खाद्यान्न उपसमिति, कल्पना रेग्मीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, त्रिलोचन सापकोटाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति र आर.पि. शिवाकोटीको संयोजकत्वमा साँस्कृतिक उपसमिति गठन गरिएको अध्यक्ष सापकोटाले बताए ।
नेता तथा कार्यकर्ताहरुको योग्यता, क्षमता, इमानदारीता र क्रियाशीलता हेरेर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
पार्टी भित्र रहेको अन्तरविरोधलाई समाप्त गर्दै समग्र हल्दीबारीको विकासको खाका अधिवेशनबाट पारित गरेर आगामी मिसन-८४ मा हल्दीबारीमा एमालेले बहुमत ल्याउने दिशामा पार्टी अगाडि बढ्ने एमाले कोशी प्रदेश सदस्य सन्तलाल मेचेले बताए ।
गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सन्तलाल मेचे, मोहनचन्द्र रेग्मी, नरेश चुडाल, सागर पोर्तेल, रन्जित मेचे, सुदिप राजवंशी लगायत गाउँ कमिटी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए भने कार्यक्रम गाउँ कमिटीका कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले सञ्चालन गरेका थिए ।







