• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा मिडिया सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी


  •    संवाददाता/ आइतबार, जेठ ०६, २०८१  

  • नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको मिडिया सम्मेलनले पत्रकारहरु सुध्रिनु पर्ने र राज्यले सञ्चार सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्ने निष्कर्ष निकालेको छ ।

    मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको सहजिकरणमा प्यानल डिस्कसन गरिएको थियो भने डाटामा आधारित डिजिटल पत्रकारिता र विज्ञापनको अवस्थाका बारेमा विज्ञ प्रशिक्षक अर्जुन कार्की र बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले प्रस्तुति दिएका थिए ।

    Advertisement

    उक्त कार्यक्रम पश्चात सम्मेलनले दश बुँदे घोषणा पत्र जारी गरेको छ । जसमा मिडियाको हितमा संघीय, प्रदेश र स्थानीय कानूनहरु निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।

    Advertisement

    प्यानल डिस्कसनमा महासंघका पूर्व अध्यक्ष एवम् राससका अध्यक्ष धर्मेन्द्र झा र महासंघका उपाध्यक्ष रमेश बिष्टले पत्रकारहरुले समेत आचरण र व्यवहार सुधार्न जरुरी रहेको बताए ।

    सो कार्यक्रममा कोशी प्रदेशका दुई मन्त्रीहरु राम राना (आर्थिक मामिला) र लीलाबल्लभ अधिकारी (आन्तरिक मामिला तथा कानून) र सूचना विभागका महानिर्देशक भरत गौतमको सहभागिता थियो भने प्रदेशका १४ वटै जिल्ला शाखाका अध्यक्षहरुलाई सहभागिताका लागि निम्त्याइएको थियो ।

    उक्त कार्यक्रम कनकाईको जामुनखाडी सिमसारमा भएको थियो । महासंघको कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, पूर्व अध्यक्ष बिक्रम लुइँटेल, मन्त्रीद्वय राना र अधिकारी लगायतले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए ।

    ‘संघीयतामा सञ्चार : नीति, अवस्था र चुनौती’ विषयक सम्मेलनमा जारी दश बुँदे घोषणा पत्रमा संघीय, प्रादेशिक र स्थानीय तहको अलग-अलग ऐनको माग गरिएको थियो ।

    घोषणा पत्रमा सञ्चार नीति अनुरुप विकेन्द्रित नीतिलाई कार्यान्वयन गर्न, श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वयन गर्न, संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न, प्रविधिको बढ्दो विकाससँगै धराशायी पत्रकारिता क्षेत्रलाई उकास्न राज्य पक्षले सहयोग गर्नुपर्ने र लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी समावेशीताको नीतिलाई स्थानीय तहसम्म कार्यान्वयन गर्न सम्मेलनले माग गरिएको छ ।

    महासंघका झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत मन्तव्य र सचिव डिकेश लामा तथा सहसचिव अर्जुन राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.