हङकङको फायर सर्भिस डिपार्टमेन्ट (एफएसडी) र बिल्डिंग्स डिपार्टमेन्ट (बीडी)ले ६० वर्षभन्दा पुराना करिब २५ सय डोमेस्टिक वाच कम्पोजिट भवनको अनुगमन गर्ने भएको छ ।
यस वर्षको अन्तिमसम्ममा सहरका सबै पुराना भवनहरुको अनुगमन गरिने चाइना डेल्लीले उल्लेख गरेको छ ।
आइतबार बेलुका हङकङको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा ८ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएसँगै हङकङले ६० वर्षभन्दा पुराना सबै भवनको अनुगमन गर्ने भएको हो ।
Advertisement







