झापाको बिर्तामोडबाट सोमबार मोटरसाइकल चोरी भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेस्थित ग्लोबल ट्युसन सेन्टरको मुनिबाट भुवन कडेलको मोटरसाइकल चोरी भएको हो ।
टिभीएसको प्र.१.०१.०१६प २८३२ नंम्बरको मोटरसाइकल बिहान ११:३० बजेबाट हराएको जनाइएको छ । उक्त मोटरसाइकल खोजीका लागि प्रहरीलाई जानकारी गराइसकेको मोटरसाइकलका धनी कडेलले बताएका छन् ।
Advertisement
उनले कसैले मोटरसाइकल भेटाएमा वा काहीँ कतै देखेमा सम्पर्क गरेर सहयोग गर्दिन समेत आग्रह गरेका छन् ।
पछिल्ला समय झापामा मोटरसाइकल चोरी हुने क्रम तिव्र गतिमा बढेको छ ।







