झापाको दमकमा एकै परिवारका पाँच जना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ ।
हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा हात्तीपाइले रोगको संक्रमण भएका बिरामीहरु भेटिन थालेका छन् ।
दमक वडा नम्बर ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधि सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।
Advertisement
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधि सेवन कार्यक्रमको क्रममा नयाँनयाँ बिरामीहरु भेटिरहेका छन् ।







