शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र बिर्तामोड युनाइटेड क्लब झापा भिड्दै छन् ।
उक्त खेल आज दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
एपीएफ राष्ट्रिय जागृति फुटबल क्लबलाई टाईब्रेकरमा ३-२ ले हराउँदै फाइनलमा पुगेको हो भने बिर्तामोड युनाइटेड आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० ले हराउँदै फाइनलमा पुगेको हो ।
Advertisement
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।







