बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा घाइते हुनेहरुको संख्या २७ पुगेको छ ।
गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ नं.को बस चारपानेमा पल्टिएको हो ।
शनिबार दिउँसो १:४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं.२ चारपाने चोकमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता लिएर आउँदै गरेको बस आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
बिर्तामोडको सिटी सेन्टरमा आज माओवादी निकट वाइसिएलको छैठौ जिल्ला भेला आयोजना गरिएको थियो । सबै घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा भईरहेको छ ।
घाइते हुनेहरुमा
१) गौंरीगञ्ज गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष २४ का चमारु मालीको दुबै हातमा चोट अवस्था सामान्य
२)ऐ,ऐ,१ बस्ने बर्ष १९ का रवि कोच दुबै खुट्टामा चोट अवस्था सामान्य
३)ऐ,ऐ, बस्ने बर्ष २२ का अजय कोच बायाँ हातमा सामान्य चोट अवस्था सामान्य
४)ऐ,ऐ,२ बस्ने बर्ष २० का शंकर आस्था बाहिरी चोट नभएको सामान्य
५) ऐ,ऐ, बस्ने बर्ष २९ को प्रमोद ताजपुरिया बायाँ हातमा चोट सामान्य
६) ऐ,ऐ,१ बस्ने बर्ष २२ का भरत राजवंशी बाहिरी चोट नभएको सामान्य
७) ऐ,ऐ,२ बस्ने बर्ष २६ का मोहितकुमार ताजपुरिया बाहिरी चोट नभएको सामान्य
८) ऐ,ऐ,बस्ने बर्ष४७ का शिब मुर्मू बाहिरी चोट नभएको सामान्य
९) ऐ,ऐ, बस्ने बर्ष २० का अशोक ताजपुरिया बाहिरी चोट नभएको सामान्य
१०) ऐ.ऐ. बस्ने बर्ष ३२ का गंगालाल राजवंशी टाउको दुखेको बाहिरी चोट नभएको सामान्य
११) ऐ.ऐ. बस्ने बर्ष ४० का सूर्यप्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य
१२) ऐ.ऐ.४ बस्ने बर्ष ४४ का रामेश्वर माली बाहिरी चोट नभएको सामान्य
१३) ऐ.ऐ.बस्ने बर्ष १४ का झलनाथ राजवंशी बाहिरी चोट नभएको सामान्य
१४) ऐ.ऐ. बस्ने बर्ष १८ का नरेशप्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य
१५) ऐ.ऐ.बस्ने बर्ष ३० की मेनुका राजवंशी बायाँ हातमा चोट अवस्था सामान्य
१६) ऐ.ऐ. ५बस्ने बर्ष २५ की सुनिता राजवंशी बाहिरी चोट नभएको सामान्य
१७) ऐ.ऐ. बस्ने बर्ष ३५ की सहुना राजवंशी बाहिरी चोट नभएको सामान्य
१८) ऐ.ऐ.३ बस्ने बर्ष ५६ का राजेन्द्र राई बाहिरी चोट नभएको सामान्य
१९) ऐ.ऐ.२ बस्ने बर्ष १४ का राहुल ताजपुरिया बाहिरी चोट नभएको सामान्य
२०) ऐ.ऐ.१ बस्ने बर्ष २४ का निर्मल राजवंशी दुबै हात खुट्टामा सामान्य चोट
२१) ऐ.ऐ.बस्ने बर्ष २० का खगेन्द्र राजवंशी बाहिरी चोट नभएको सामान्य
२२) ऐ.ऐ.२ बस्ने बर्ष २२ का अजयकुमार ताजपुरिया बायाँ खुट्टामा सामान्य चोट
२३) ऐ.ऐ.२ बस्ने बर्ष ४० का मिनीराज राई बायाँ हातमा चोट सामान्य
२४) ऐ.ऐ.२ बस्ने बर्ष ५५ का हंसनारायण राजवंशी दुबै खुट्टामा चोट सामान्य
२५) ऐ.ऐ.२ बस्ने बर्ष १९ का दिपक बास्के दाहिने हातमा चोट सामान्य
२६) ऐ.ऐ. बस्ने बर्ष ४४ का मोति नेपाल बायाँ हातमा सामान्य चोट
२७) ऐ.ऐ.बस्ने बर्ष ४४ का चक्र भुजेल बाहिरी चोट नभएको सामान्य







