पशुपति आर्यघाटस्थित विद्युत् शवदाह नि:शुल्क गरिने भएको छ ।
आउँदो साउन १ गतेदेखि शवदाह नि:शुल्क गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले जानकारी दिएका हुन् ।
निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह नि:शुल्क गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
Advertisement
उनले भने, “आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौँ । अब आगामी साउन १ गतेदेखि विद्युत् शवदाह नि:शुल्क गर्छौं ।”







