आज कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
सोमबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी प्रदेशको हिमाली भेगका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली साथै कोशी प्रदेशको पहाडी भेगमा आंशिक बादल लाग्नेछ ।
Advertisement
आज बिहान तराई, उपत्यका तथा खोँचहरूका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । गएराति केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ ।







