• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, मङि्सर ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रसुवा बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने


  •    संवाददाता/ आइतबार, मङि्सर ०७, २०८३  

  • त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएका विद्यार्थीको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

    बाढीबाट प्रभावित त्रिविको वार्षिक/सेमेस्टर प्रणालीमा अध्ययनरत तथा नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि सम्बन्धित स्थानीय निकायको सिफारिस गरेपछि शुल्क मिनाहा हुनेछ ।

    Advertisement

    त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी, परीक्षा शुल्क, त्रिवि रजिष्ट्रेशन शुल्क बाहेकका शुल्क मिनाहा हुनेछ । त्रिवि फा.नं.१ मा उल्लेखित शुल्क मिनाहा गर्न सम्पूर्ण क्याम्पस, केन्द्रीय विभाग र केन्द्रहरूलाई निर्देशन त्रिविले निर्देशन दिएको छ । उक्त फारम अनुसार १६ वटा शुल्क मिनाहा हुनेछ ।

    Advertisement

    जसमा क्याम्पस प्रवेश शुल्क, त्रिभुवन विश्वविद्यालय दर्ता शुल्क, शिक्षण शुल्क, परिचय पत्र शुल्क, खेलकुद शुल्क, प्रयोगशाला शुल्क, पुस्तकालय शुल्क, परीक्षा शुल्क, छात्रावास शुल्क, जरिबाना, सोधपत्र शुल्क, विविध शुल्क, पुस्तकालय धरौटी, छात्रवास धरौटी, प्रयोगशाला धरौटी र विविध विद्यार्थी धरौटी शुल्क मिनाहा हुने त्रिविले जनाएको छ ।

    बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्यार्थी प्रभावित भएका छन् ।

    तोकिएको शैक्षिक सत्रको वार्षिक/सेमेस्टर प्रणालीमा भर्ना भई अध्ययनरत रहेका र आगामी शैक्षिक सत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीको १६ वटा शीर्षकको शुल्क मिनाहा हुने हो । यो नियम आर्थिक वर्ष २०८३/८४ देखि आर्थिक वर्ष २०८७/८८ सम्म मात्र कायम हुने त्रिविले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • रसुवा बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.