झापाबाट इलाम जाँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका-४ बाइखोरमा दुर्घटना भएको छ । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका-६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
भ्यानमा सवार इलाम नगरपालिका-५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले बताएका छन् ।
Advertisement







