झापाको बिर्तामोडमा रहेको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस एकापसमा जुधेका छन् ।
मंगलबार साँझ ५:३० बजे बिर्तामोड नगरपालिका वडा नं.४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको निदी स्कुलको ना ६ ख ९३८० नं को बस र दक्षिणबाट उत्तरतर्फ गईरहेको तक्षशिला स्कुलको मे १ ख १७३७ नं को अर्को बस एकापसमा जुधेका हुन् ।
दुर्घटनामा मे १ ख १७३७ नं को बसका चालक तनहुँ बन्दीपुर-२ बस्ने ४० वर्षीय तिलक जीसी र सहचालक झापा बाह्रदशी-५ का ५२ वर्षीय रुपनारायण सिग्देल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको छ । अर्को बसका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यार्थीहरुलाई घर पुर्याएर ती स्कुल बस फर्किदै गरेको बताइएको छ ।
Advertisement







