मेचीनगरमा घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.१३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी रहेका छन् ।
सोमबार साँझ ७:२५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर नं.श्रीनाथ पेट्रोल पम्प नजिक पूर्व पश्चिम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी बस्ने २१ वर्षीया रचना आङदम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको हो ।
अपरिचित व्यक्ति साइकलमा आई अचानक घाँटीबाट सुनको सिक्री थुती फरार भएको भन्ने खवर प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्री थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा राजवंशीलाई भाग्दै गरेको अवस्थामा फेला पारेको थियो ।
उक्त सुनको सिक्री र साइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।







