नेपाल क्रिकेट टोलीसँगको पाँच टि-ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले ‘ए’टोली घोषणा गरेको छ ।
वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । वेस्ट इन्डिजको’ए’टोलीको कप्तानमा रोस्टन चेसले गर्ने छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल शनिबार हुनेछ ।
नेपाल र वेस्टइन्डिज’ए’बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
Advertisement
वेस्टइन्डिज’ए’क्रिकेट टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स







