इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् ।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।
Advertisement







