झापा । नेकपा एमाले मेचिनगर वडा नम्बर १२ ले अगुवा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रिय सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कार्यवाहक जिल्ला अध्यक्ष प्रेम गिरी
नगर उपमेयर तथा केन्द्रिय कमिटी सदस्य मिना उप्रेती
पार्टिका नगर, प्रदेश तथा जिल्ला कमिटी , केन्द्रिय सहल्लाकार समिती का नेताहरुको उपस्थिति रहेको थियो।
रेनुकृष्ण अधिकारी कार्यक्रम संचालन गरेको कार्यक्रममा नगर कमिटी सदस्य तथा वडा इन्चार्ज शिव प्रसाईंले स्वागत गरेका थिए । 
वडा कमिटी अध्यक्ष रुखमान अधिकारी (रुपेश) अध्यक्षता रहेको कार्यक्रममा ३ सय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Advertisement







