• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

परीक्षामा फेल गराइएको भन्दै विद्यार्थीहरु आन्दोलित


  •    संवाददाता/ बुधबार, मङि्सर २७, २०८०  

  • काठमाडौँ । नियोजित रुपमा बारम्बार फेल गराइएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीहरुले आन्दोलन थालेका छन् । विद्यार्थीहरुलाई बारम्बार नियोजित रुपमा नै फेल गराउँदै आएको भन्दै विद्यार्थीहरुले आन्दोलन थालेका हुन् ।

    आफूले निर्धक्क साथ परीक्षा दिएको विषयमा बारम्बार, सुनियोजित र मनपरी ढंगले, फेल गराइएको भन्दै आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले परीक्षा बोर्ड र विश्वविद्यालय समक्ष आफ्नो उत्तर पुस्तिकाको प्रतिलिपि हेर्न पाउनुपर्ने माग अघि सारेका छन् ।

    विद्यार्थीहरुले संघर्ष समिति नै गठन गरेर रिले अनसन गर्नुका साथै विरोध प्रदर्शन समेत थालेका हुन् । कृषि संकायमा २०७५/०७६ देखि २०७९/८० ब्याचको पाँचौँ सत्रान्तको मौका परीक्षाको परीक्षाफल सार्वजनिक भएको थियो । त्यसमा पुनः अधिकांश विद्यार्थी फेल भएका छन् । यसरी पटक पटक परीक्षा दिँदा पनि विद्यार्थी फेल हुनुमा चरम लापरवाही देखिएको उनीहरुको भनाई छ ।

    Advertisement

    मंसिर २२ गते पीडित विद्यार्थी, विभिन्न संघ संगठनले सोही परीक्षाफल सम्बन्धी विभिन्न माग राख्दै ध्यानाकर्षण गराएका थिए । ती समस्याको समाधानका कुनै पनि कदम चाल्ने आश्वासन जिम्मेवार पदाधिकारीबाट नआएको भन्दै तीन विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन थालेका हुन् ।

    Advertisement

    अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । विद्यार्थीको सोही उत्तर पुस्तिका अनिवार्य रुपमा पुनः परीक्षण हुनुपर्ने, विद्यार्थीले आफ्नो उत्तर पुस्तिका हेर्ने पाउनुपर्ने र सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको रोकिएको परीक्षाफल तत्काल सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ । ती मागहरु सम्बोधन नभएको भन्दै आन्दोलन थालिएको अनेरास्ववियुका अध्यक्ष एकराज पराजुलीले बताए ।

    विषय शिक्षक तथा विश्वविद्यालयको चरम लापरबाहीका कारण विद्यार्थीहरु पटक पटक मौका परीक्षा दिँदा समेत फेल हुने गरेको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.