• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आईपीएल: मुम्बईद्वारा बेङ्ग्लाेर ५ विकेटले पराजित


  •    संवाददाता/ बिहिबार, कार्तिक १३, २०७७  

  • न्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ ।

    १६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । १० चौका र तीन छक्का प्रहार गरे ।

    इशान किसनले २५ रन जोड्दा क्वीन्ट डीकक १८ र हार्दिक पाण्डेय १७ रनमा पभेलियन फर्किए । युजबेन्द्र चहल र मोहम्मद सिराजले समान दुई/दुई विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो ।

    Advertisement

    बेङ्ग्लाेरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।

    Advertisement

    उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रन बनाएका कोहलीले १४ बल फेस गरेका थिए । कोहली आउट हुँदा २-९५ स्कोर रहेको थियो । त्यसपछि पडिक्कल र एभी डिभिलियर्सले पारि अघि बढाएका थिए । एबी १२ बलमा १५ रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

    एबी आउट हुँदा बेङ्ग्लाेरको स्कोर ३-१३१ रन रहेको थियो । शिवम् दुवे व्यक्तिगत दुई रन बनाएर आउट हुँदा ४-१३४ स्कोर थियो । त्यही स्कोरमा देवदत्त पड्क्किल पनि आउट भए । उनी अर्धशतकीय पारी खेल्दै पभेलियन फर्किए । पडिक्कले ४५ बलमा ७४ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

    छैठाैं विकेटको रुपमा क्रिस मोरिस ४ रन जोडेर आउट भएका थिए । अन्तिममा गुरकित सिंह र वासिङ्टन सुन्दरले २६ रनको साझेदारी गर्दै बेङ्ग्लाेरको स्कोर १६४ रन पुर्‍याएका थिए । गुरकित १४ तथा सुन्दर १० रनमा नट आउट रहे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.