• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साहित्य चौतारीद्वारा दुई जना स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान


  •    संवाददाता/ बुधबार, भदौ ०६, २०८०  

  • बिर्तामोड । साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

    साहित्यको विकास र प्रवद्र्धनमा अहोरात्र लागेका दुई विशिष्ट प्रतिभालाई दीर्घ साधना सम्मान प्रदान गर्न पाउँदा खुशी लागेको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘अविच्छिन्न साहित्य साधना र लेखन कर्ममा संलग्न हुनु चानचुने कुरा होइन’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने ।

    Advertisement

    वरिष्ठ आख्यानकार पून्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा आयोजना भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार खरेलले स्रष्टा सर्जकको योगदानलाई सम्झिने साहित्य चौतारीले लिएको नीति प्रशंसनीय रहेको बताए ।‘देवीभक्त जीले साहित्य चौतारीलाई यहाँसम्म ल्याउन जुन भूमिका र लगानी गर्नु भएको छ, सायदै अरुले गर्दैन्’, कार्यक्रममा प्रमुख अतिथि खरेलले भने, ‘भाषाकला र साहित्यको विकासका लागि सरकारी तहले पनि यत्तिको लगानी गरेका छैनन् ।’

    Advertisement

    २०५६ सालमा स्थापना भएको साहित्य चौतारीले रजत वर्ष मनाइरहेको छ । रजत वर्षका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

    स्थापना हुँदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारीको उद्घाटन गरेका थिए । साहित्य चौतारीले सधैँ राष्ट्रकविलाई सम्झदै आएको छ ।

    सोमवारको मासिक सांगीतिक काव्यसभामा पनि राष्ट्रकविका रचना गुञ्जिएका छन् । उनको तेस्रो स्मृति दिवस पनि हो । साहित्य चौतारीको स्थापनामा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान भएको संरक्षक श्रेष्ठले बताए । कार्यक्रममा आर्ट स्टुडियो चारपानेको महिला टोलीले पञ्चेबाजा बजाएको थियो ।

    सम्मानित प्रतिभा हरिचरण बानियाँ नेपाली समुदायले आफ्नो परम्परागत संस्कृति बिर्सिन थालेको बताउँछन् । कार्यक्रम उनले बत्ती निभाएर जन्मदिन मनाउने नेपालीको परम्परा हुन नसक्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.