अर्जुनधारा । अर्जुनधारा ८ स्थित शनिश्चरे उच्च माध्यमिक बिद्यालयमा उद्घोषण तालिम सुरु भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ८ को सहयोग तथा बिद्यालयको ब्यबस्थापनमा ७ दिवसीय तालिम संचालन गरिएको प्रधानाध्यापक चेतामणी खनालले बताए । 
बिद्यालयमा रहेको बाल क्लब,विद्यार्थी गरि ३० जनाको सहभागीता रहेको छ । बालबालिकाको अन्तरनिहित क्षमता उजागर गर्न तालिम आयोजना गरिएको बताईएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानाध्यापक खनालले बालबालिकाको रचनात्मक बिकासका लागि वाक कला आवस्यक भएकाले तालिम संचालन गरिएको बताए ।
कार्यक्रममा सह-प्रधानाध्यापक बिनोदकुमार गौतम,शिक्षक सुजन रानाको उपस्थिति रहेको थियो ।बाल क्लब फोकल पर्सन रुद्र खतिवडाले संचालन गरेको कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।
Advertisement







