बिर्तामोड । एभरेष्ट स्मार्ट बाल क्लबको अध्यक्षमा कृशा दुलाललाई चयन गर्दै दोश्रो अधिबेशन सम्पन्न गरेको छ ।
बिर्तामोड ६ स्थित एभरेष्ट स्मार्ट स्कुलमा रहेको बाल क्लबको उपाध्यक्षमा नियम ओलि, सचिव उश्नबि मैनाली,सह सचिव प्रशन्न थापा,काेषाध्यक्ष गौरवी शाही चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरुमा अनन्या अग्रवाल,इशिका नेपाल, दिक्षा दुलाल,बिनम्र बराल,श्रेया शिवाकोटी,दिया उप्रेति ,निर्जरा पराजुली,दिब्यान खतिवडा,आवाश उप्रेति सर्वसम्मत निर्वाचित भएका फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिईन ।
उश्नबि मैनालीले संचालन गरेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल ,बिद्यालय प्रधानाध्यापक अनुप शर्माले शुभकामना राखेका थिए ।
अध्यक्ष नित्या शाहले बार्षिक प्रगतीप्रतिबेदन र कोषाध्यक्ष निकिता तामाङले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमका बिच सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा नित्या शाह, शिक्षक रोजि तामाङ,दिनेश पौडेल ,साबित्रा भट्टराई रहेका छन् ।







