झापा । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार देखि आइतबार सम्म विदा दिइने भएको छ ।
नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी विदा दिइएको उल्लेख छ ।
गर्मीका कारण झापाका अधिकांश बिद्यालय बन्द गरिएको छ ।
Advertisement







