वीरता जेसिज बिर्तामोडले जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ लाई पन्द्र थान मिनि कुर्सी हस्तान्तरण गरेको छ ।
जेसीजले १५ जना नर्सरी कक्षाका विद्यार्थीहरुको लागि बिद्यालयका अध्यक्ष जगत बहादुर मगरलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक नवराज अधिकारीले बताए ।
कार्यक्रम विरता जेसिजका अध्यक्ष धन्यश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक रन्जित परियारले सहयोगी दाताहरुलाइ धन्यवाद व्यक्त गरे ।
Advertisement
बिर्तामोड नगरपालिका ६ का अध्यक्ष सुर्य प्रसाद कन्दङ्गवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत तथा आस्था बाचन अजय अधिकारीले गरेका थिए ।
अतिथिहरु बिद्यालय व्यबस्थापन समिति अध्यक्ष जगत बहादुर मगर, जेसि अन्तलाल महतो,बिज्ञराज पौडेलले मनत्ब्य राखेको कार्यक्रम सहजीकरण कानुनी सल्लाहकार एल सि श्रेष्ठले गरेका थिए ।







