• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नियमानुसार संगठन सञ्चालन गर्दै पार्टीका गतिविधिलाई संस्थागत गर्नुपर्नेमा कांग्रेस पूर्वमहामन्त्री सिंहको जोड


  •    संवाददाता/ आइतबार, बैशाख ०३, २०८०  

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री  प्रकाशमान सिंहले विधि, पद्धति र नियमानुसार संगठन सञ्चालन गर्दै पार्टीका गतिविधिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले जनताको विश्वासयोग्य संगठन बनाउन नीति, नियम र विधान बमोजिम पार्टी सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

    Advertisement

    संघीय सांसद पनि रहनुभएका नेता सिंहले संघीयता कार्यान्वयनका लागि  थुप्रै नीति, नियम र कानून बन्न बाँकी रहेको बताउँदै अब संसद र सरकारले नीति निर्माण गरी तीनै तहका सरकार स्वस्फूर्त रुपमा चल्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    नेपाली कांग्रेस सरकारमा जाँदै गर्दा जनचाहना बुझेर सोही अनुसार कार्ययोजना बनाई कार्यान्वयनमा जानुपर्ने बताउँदै नेता सिंहले परिवर्तनलाई संस्थागत गर्न समयानुकुल नीति आवश्यक रहेको धारणा राख्नुभयो ।

    देशमा उत्पन्न आर्थिक मन्दी हटाउँदै ब्यवसायीले लिएको ऋणको ब्याज तिर्न नसक्ने अवस्थाको अन्त्यका लागि सरकार, बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त पहलबाट नीति निर्माण गरेर आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञाशाको जवाफ दिदै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं प्रदेश संसदीय दलका नेता उद्वव थापाले संविधान अनुसार नै प्रदेश–१ को नामाकरण गरिएको र यसमा ८२ जना सांसदले पक्षमा मतदान गरेको जानकारी दिनुभयो ।

    पहिचानवादीहरुलाई आन्दोलन शान्तिपूर्ण र जनताको मन जित्ने प्रकृतिको बनाउन सुझाव दिदै नेता थापाले पहिचानबादीको माग सम्बोधन गर्न संविधान बमोजिम नै कांग्रेस लचिलो हुने बताउनुभयो । विगतका आन्दोलनहरु पनि वार्तामार्फत नै समाधान गरिएको स्मरण गर्दै नेता थापाले उछृङ्खल र जनविरोधी आन्दोलनले निकास नदिने धारणा राख्नुभयो ।

     


    नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद लख्खी गणेश, प्रदेश सदस्य मिरा खड्का, जिल्ला उपसभापति केशवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा ओमकृष्ण विमली, दुर्योधन गुरुङ, पाण्डवलाल चौधरी, लिलाबहादुर कटुवाल, रुद्रप्रसाद चिमरिया, राजेन्द्र गौतम लगायतले केन्द्रीय सदस्य सिंहसँग सरकार   र संगठनका विषयमा विभिन्न जिज्ञाशा राख्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.