• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमा ५ वर्ष मुनिका वालवालिकाहरुमा बढी कुपोषण


  •    संवाददाता/ शनिबार, चैत १८, २०७९  

  • नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
    बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा आधारभुत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक तथा कार्यक्रमका सहजकर्ता संजिव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका वालवालिकाहरुमा कुपोषण धेरै भएको बताउनु भयो । उहाँले २५ प्रतिशत पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत वालवालिका कम तौलका रहेको बताउनु भयो । तथ्याङ्क अनुसार कोशी प्रदेशमा ५ वर्ष मुनिका वालवालिकाहरु २० प्रतिशत पुड्कोपन , १३ प्रतिशत कमतौलका र ४ प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको जनाइएको छ।
    प्रदेश संयोजक घिसिङले यस तथ्याङ्कले वालवालिकाहरु धेरै कुपोषित भएको र यसलाई निराकरण गर्नको लागि पोषणको एकिकृत कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । उहाँले विगतका वर्षहरुमा स्वास्थ्य क्षेत्रलेमात्र पोषणका कार्यक्रम कार्यान्वयन गरेको र अरु विषयगत शाखाहरुबाट खासै कार्यान्वयन नभएकोले अब सबै क्षेत्रहरुलाई एउटै छत्रछायाँमा ल्याएर एकिकृत कार्यक्रमहरुको कार्ययोजना बनाइ प्रभावकारी ढंगले कार्यक्रमहरु गर्ने भन्ने रणनीति लिएको बताउनु भयो ।
    कृषि, पशुपंछी, शिक्षा, खानेपानी, महिला तथा वालवालिका आदिसंग सम्बन्धित क्रियाकलापहरु संगसंगै पोषणको एकिकृत कार्यक्रमहरु कार्यान्वयन गर्ने उदेश्यका साथ योजना आएको भन्दै उहाँले यस कार्यक्रमले वालवालिका लगायत किशोरी तथा महिलाहरुको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताउनु भयो ।
    कार्यक्रममा बोल्दै मेयर प्रसाईले पोषण सामान्य लागेपनि महत्वपुर्ण विषय रहेको बताउनु भयो । उहाँले कुपोषित भएको बच्चाको शारिरिक तथा मानसिक विकास हुन नसक्ने भएकोले पोषक तत्वमा ध्यान दिनु पर्ने बताउनु भयो । राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुने भन्दै उहाँले बच्चाहरुलाई आमाको गर्भमा हुँदा देखिनै कुपोषित हुनबाट बचाउनु पर्ने धारणा राख्नु भयो ।
    स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजिव लामा घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गर्नु भएको थियो ।
    कार्यक्रममा मेयर पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.