वियल राई निर्देशित चलचित्र ‘द वेष्ट पर्शन’ झापाकाे राजगड स्थित एभरेस्ट डिजिटल सिनेमा हलमा प्रदर्शन गरिएकाे छ । तुलसी मिश्रकाे लेखन तथा निर्माणमा वियल राईकाे निर्देशन उत्कृष्ट रहेकाे छ । उक्त चलचित्रले सामाजिक कुरितिलाई नाङ्गाे बनाईदिएकाे छ । मुख्यतया युवा पुस्ताले छुटाउन नहुने कथावस्तु रहेकाे चलचित्रमा चार वटा कथा रहेका छन । कथा चारवटा भएकै कारण पनि चलचित्रमा मुख्य कलाकार धेरै रहेका छन । चलचित्रले समाजमा घटित लागुपदार्थ , दाईजाे प्रथा , बलात्कार र प्रेम वियाेगकाे पीडा तथा दुरुत्साहन विरुद्द ठाडाे प्रहार गरेकै कारण पनि युवा ,वालवालिका,वयस्क तथा वृद्दवृद्धामा गहिराे छाप छाेड्न सफल भएकाे कुरा चलचित्र हेर्न आएका झापा क्षेत्र नम्बर ३( ख) का प्रदेश सांसद छवि चुडालले बताए । त्यस्तै हल्दिवारि गा पा अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन उपाध्यक्ष लक्ष्मी मैनाली र वडा नम्बर १र ४ का वडा अध्यक्षद्वय लगायत रा प्र पा हल्दिबारी गाउँ कमिटी अध्यक्ष एकराज राना मगर नेपाली कांग्रेसका गा पा सभापति गंगा प्रसाईं ,कर्मचारी ,प्रहरी त्यस्तै बारदशी गा. पा. अध्यक्ष उपाध्यक्ष लगायत जनप्रतिनिधि लगायत करिव दुईहज्जार दर्शकले चलचित्र हेरेका थिए । राजगडमा चैत्र १६ गते बुधबार विहान ११ र बेलुका ८ बजेकाे दुई साेमा गरि करिव २ हज्जार दर्शकवाट यस्ता किसिमका चलचित्र उत्पादनमा जाेड दिनुपर्ने सल्लाह धेरैजनावाट प्राप्त भएकाे लेखक तथा निर्माता तुलसी मिश्रले बताए ।
वियल राईले निर्देशन गरेकाे उक्त चलचित्रमा गजेन्द्र खतिवडा (पृथक) , राजु खरेल,रतन मिता,गंगा प्रसाईं , भिमा खतिवडा,विवेक मिश्र, देविका अधिकारि,तुलसी मिश्र,पारस तामाङ्ग ,सञ्जु न्याैपाने,सपना विश्वकर्मा , धनराज महताे,युवराज काफ्ले,सान्ता मैनाली,कुमारी चेम्जोङ,राकेश कमेडी,रेविका ढुङ्गेल,कुसुम प्याकुरेल,मदन दाहल तथा लिला न्यौपाने मिश्र लगायतकाे अभिनय रहेकाे थियाे भने छायांकन विवि ईन्टरटेन्मेन्टका संचालक तथा सिनेमेटाेग्राफर सन्ताेस राना मगरले गरेका हुन साथै सृङ्गार अशाेक मण्डलकाे रहेकाे थियाे ।
निर्माण पक्षका अनुसार चलचित्र विर्तामोड लगायतका स्थानमा पनि प्रदर्शन हुनेछ ।
राजगडमा प्रदर्शन भायाे ‘द वेष्ट पर्शन’
राजगडमा प्रदर्शन भायाे ‘द वेष्ट पर्शन’
Advertisement
तपाईको प्रतिक्रिया







