• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तिरेन नेपाल चिया विकास निगमले कर


  •    संवाददाता/ बुधबार, चैत १५, २०७९  

  • मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ ।

    नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलिका लागि झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाँउपालिका, बाह्रदशी गाँउपालिका र इलामका सुर्योदय नगरपालिका, इलाम नगरपालिका तथा माई नगरपालिकाका प्रमुखहरुको बैठक सम्पन्न भएको हो ।

    Advertisement

    नेपाल सरकारले भाडामा व्यवसाय गर्न भनि दिइएको जग्गाको सम्पत्ती कर, मालपोत र व्यवसाय कर नेपाल चिया विकास निगमले पटक–पटक पत्रचार र ताकेता गर्दा पनि नतिरेपछि ६ वटा पालिकाका प्रमूखहरु संघाइ ग्रुप र नेपाल चिया विकास निगमलाई करको दायरामा ल्याउन ठोस कदम चाल्न एकिकृत भएर अगाडी बढ्न आजको बैठक आयोजना गरिएको हो ।

    Advertisement

    बाह्रदशी चिया बगान, टोकला चिया बगान, बर्ने चिया बगान, कन्याम चिया बगान, शोक्तीम चिया बगान, चिलिङ्गकोट चिया बगान र इलाम चिया बगान ५० वर्षको लागि नेपाल सरकारले भाडामा दिइएको थियो । ७ वटा चियाबगानहरुबाट विभिन्न ६ वटा पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्रको कर असुल्न विभिन्न निर्णयहरु गरेको छ ।

    आज भएको संयुक्त बैठकमा जग्गाको विवरण, पालिकाहरुले गरेको पत्राचारको विवरण,सम्पत्ति करको फारमको विवरण, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा गरेको पत्राचार तथा नेपाल चिया विकास निगमलाई गरेको पत्राचारको विबरण तयार गर्ने निर्णय गरेको छ । त्यस्तै हालसम्म कर नतिर्ने निगमलाई पुनः कर तिर्न पत्राचार गर्ने र त्यसको जनाकारी संघिय मामिला तथा कानुन मन्त्रालय मार्फत नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

    त्यस्तै तत्कालिन श्री ५ को सरकार र निगम विच भएको सम्झौतामा उल्लेख गरेको रकम देखि हाल सम्म तिर्नुपर्ने रकमको विवरण बनाउने र श्रमिक ऐन अन्तरगत श्रमिकहरुलाई पारिश्रकि र अन्य सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको मेचीनगरपालिकाका मेयर गोपाल बुढाथोकिले जानकारी दिए ।

    पालिकाहरुको संयुक्त बैठकले ठोस निर्णयमा पुग्न गर्नुपर्ने अन्य प्रक्रियाहरुको लागि पनि तयार भएर लाग्ने साथै स्थानिय पालिकाहरुले नै उक्त चिया बगानहरु सञ्चालन गर्नुपर्ने अवस्थाआए आँफूहरु तयार रहेको समेत जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.