अर्जुनधारा प्रेस क्लवको प्रथम साधारणसभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा शनिबार आयोजित प्रथम साधारणसभाबाट रमेश समदर्शि राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरीएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्वव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगुलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, मनिता योञ्जन, सुजाता ढुंगाना, पुरुषोत्तम पौडेल र तिलक योञ्जन चयन भएका छन् ।
३ वर्षे कार्यकाल रहने लेखा समितिको संयोजकमा राजन साङपाङ र सदस्यहरु अनिता विष्ट र गणेश थापा चयन भएका छन् । प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्य रहेको साधारणसभामा प्रमुख अतिथि गोम्देनले शुभकामना राख्दै क्लबको भवन निर्माण गर्नका लागि आफ्नो कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।
क्लवका उपाध्यक्ष रमेश समदर्शीले स्वागत तथा सचिव प्रेम आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, जग्गादाता कृष्ण बराल, सल्लाहकार संयोजक दिपिन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।







