३० पुस, झापा । डेल्टा टायरको उत्पादक कम्पनी ग्रिन टायर प्रालीको आयोजनामा मेकानिक तथा व्यवसायीहरुसँगको परिचयात्मक बनभोज कार्यक्रम झापाको सालबारीमा शनिबार सम्पन्न भएको छ । नेपालमै उत्पादन हुने टायर डेल्टाले आफ्नो ब्राण्डको बारेमा जानकारी दिँदै टायर विक्रेता तथा मेकानिकहरुबिच परिचयात्मक कार्यक्रम आयोजना गरेको डेल्टा टायरको मेची अञ्चलका लागि आधिकारिक विक्रेता विएन ट्रेडर्सका सञ्चालक विकास उप्रेतीले बताएका छन ।
परिचयात्मक बनभोज कार्यक्रममा जिल्लाभरका मोटरसाइकल वर्कसप सञ्चालक तथा पाट्र्स व्यवसायीहरु गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी ग्रिन टायरका प्रबन्धक विनित सिंहानियाले नेपालमै उत्पादन हुने डेल्टा टायर गुणस्तरिय रहेकोले ढुक्क भएर प्रयोग गर्न सबैलाई आग्रह गरे । ४ बर्ष अघिदेखी विराटनगरमा उत्पादन सुरु गरिएको डेल्टा ब्राण्डले मेची अञ्चलमा आफ्नो व्यापार विस्तारलाई तिव्रता दिएको छ । मेची अञ्चलमा बार्षिक १५ हजार वटा टायर विक्रि हुदै आएकोमा आगामी बर्ष २५ हजार थान टायर विक्रि गर्ने लक्ष्य राखिएको डेल्टाको मेची अञ्चल बजार प्रतिनिधि शंकर ढकालले बताएका छन ।
‘डेल्टा’ को बनभोज तथा परिचयात्मक कार्यक्रम झापामा
‘डेल्टा’ को बनभोज तथा परिचयात्मक कार्यक्रम झापामा
Advertisement
तपाईको प्रतिक्रिया







