बिर्तामोड । बिर्तामोडमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चारदशकदेखि आवाज उठाउदै आउनु भएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरिएको हो ।
एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रूगमबहादुर कुँवरको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको होे ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व घिमिरेलाई सम्मान पत्र खादा र दोषल्लाद्वारा प्रमुख अतिथिसहित अतिथि र संघसंस्थाहरूले सम्मान गरेमा थिए । सम्मानित व्यक्तिको व्यक्तित्वबारे नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रकाश पारेको कार्यक्रममा आयोजक संस्था नारी सञ्चार गृहकी सदस्य स्वस्तिका आचार्यले सम्मान पत्र वाचन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाईले हिंसा सहेर बस्ने बानी नहटेसम्म कुनै पनि प्रकारको हिंसा अन्त्य नसकिने बताएन् । हिंसा अन्त्यका लागि घर, समाज र टोलदेखि नै जागरुक हुनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै विशेष अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हिंसा बढ्नुको प्रमुख कारण गरिबी, चेतनाको अभाव, शासन पद्वतिमा भएका कमजोर भएका कारण हिंसामा घटना बढ्ने गरेको पाइएको बताए ।







