झापा । कनकाई नगरपालिका वडा नम्बर ४ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । स्थानीय बालमैत्री शासन युक्त पालिका निर्माण गर्ने अभियान अन्तरगत सो समिति गठन गरिएको हो ।
वडाध्यक्ष रोशन सुबेदीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको छ । शुक्रबार जेष्ठ नागरिक भवनमा आयोजित एक कार्यक्रमका बिच बालमैत्री वडा निर्माण गर्ने प्रतिबद्धता सहित टोल बिकास संस्थाका प्रतिनिधिको उपस्थितीमा वडाध्यक्ष सुबेदीको अध्यक्षतामा समिति गठन गरिएको बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।

बिगत ४ बर्ष देखीको अभियान लाई सफल बनाउन टोल – टोलमा समिति गठन र परिचालन गर्न योजना सहित गतिविधि गर्न थालिएको बाल संजाल अध्यक्ष अभिषेक मिश्रले बताए ।
वडा सदस्य लक्ष्मी कट्टुवालले संचालन गरेको कार्यक्रमको सहजीकरण दिपक पाण्डेले गरेका थिए ।
कार्यक्रममा बाल अभियान कर्मी फडिन्द्र दाहाल ,बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले बालमैत्री अभियानका बारेमा धारणा राखेका थिए ।







