बिर्तामोड । बिहीबार बिर्ताबजार प्रहरी चौकीको व्यवस्थापन समितिको गठन भएको छ । नव गठित समितिको अध्यक्षमा बिरेन कोइराला निर्वाचित भएका छन् ।
कोइरालाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा प्रभात मास्के, सचिवमा प्रहरी चौकी इन्चार्ज प्रबिण खड्का, कोषाध्यक्षमा जानुका थापा मगर र सदस्यहरूमा राज मुखिया, पवन महतो, नरेश न्यौउपाने, दिपु सापकोटा, मनिका माझी, राजन प्रसाईं, श्री सिवाकोटी, तेज प्रसाद न्यौउपाने, आमोद दाहाल र नशिप अख्तर चयन भएका छन् ।
यसै गरि खड्ग गुरुङ को संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिती समेत निर्माण भएको छ । जसको सदस्यमा शिखर कडरिया, रेवती रमण सिवाकोटी, गायत्री मैनाली र भिम कुमार नाल्बो रहेका छन् ।
खड्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, हरि बास्कोटा, विभिन्न राजनितीक दलका प्रतिनिधिहरुको समेत उपस्थिति थियो । नवनिर्वाचित समितिलाइ कुमार बुडाथोकी, शिव खरेल, नवीन सिवाकोटी, शिखर कडरिया, सुमन भट्टराई, प्रबिण खड्का, प्रबिन पोखरेल र अफ्रोज खान लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शान्तिसुरक्षा कायम गर्न र लागु औसध दुव्र्यसनी नियन्त्रणमा चनाखो हुन समेत आग्रह गरे ।
कार्यक्रमको सञ्चालन बिर्तामोड ३ का वडा सचिवले गरेका थिए ।







