बिर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले भदौ ३१ गते बिर्तामोडमा जिल्ला सम्मेलन गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा युवक संगठनले सम्मेलनको तयारी गरेको हो । युवक संगठनका झापा अध्यक्ष राजकुमार चाम्लिङ राईले चुनावी विषयमा सम्मेलन केन्द्रीत हुने बताए ।
कार्यक्रममा राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, युवक संगठनका केन्द्रीय अध्यक्ष राजु लोहनीको उपस्थिति रहने छ । जिल्ला अधिवेशनको लागि केन्द्रीय सदस्य दीपेस राईको संयोजकमा प्रचार प्रसार समिति गठन भएको छ ।
Advertisement







