मयूर र म
(कविता)
छ मयूर यहाँ रङमा हरियो ।
किन भाव नयाँ मनमा भरियो ।।
म बसे कविता अब लेख्छु भनी ।
अति सुन्दर दृश्य विशाल बनी ।।
१
छ समादर भाव कला जब यो ।
तरिता लत बन्छ यहाँ सबको ।।
मन चञ्चलता तनमा छ खुसी ।
बसमा अब लिन्छु सबै तपुषी ।।
२
अब साग समाकुल खेत भरी ।
तब खान्छु अनाज म पेट भरी ।।
लहरा म पकाँउछु आज छिटो ।
छ समागत भोजन अन्न मिठो ।।
३
मनमा तनमा सब तागतमा ।
नव देव धरा झन आगतमा ।।
म बने मनमुग्ध यहाँ किन खै ।
अझ मस्त मयूर यहाँ चिन है ।।
४
हरियो सब पात बने गुटिका ।
म त जीवनको उपमा जुटिका ।।
धमिलो छ निशा म त इन्दु कुरे ।
भन हेम तिमी कविता नफुरे ।।
पाटन २ सिलंगा,बैतडी
हाल:-पहलमानपुर,कैलाली
Advertisement







