बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २६औं वार्षिक उत्सव रक्तदान कार्यक्रम गरेर मनाएको छ ।
इक्यान झापा शाखाले मुक्ति चोकको दुर्गा मन्दिरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संघका अध्यक्ष मिलन ओलिले जानकारी दिएका छन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित कुमार प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा सञ्चार कर्मी नेत्र बिक्रम बिमलीले १११ औं पटक, सहकारी कर्मी नवीन खरेल ३७ औं पटक , सुमन शर्मा इक्यान पूर्व अध्यक्षले ३२ औं पटक रक्तदान गरेको रक्तसञ्चार केन्द्र झापाले जनाएको छ ।
Advertisement
हल्दिवारी प्रेस क्लबका अध्यक्ष तथा हल्दिवारी डटकमका प्रधानसम्पादक बिमली नेपालमै सबैभन्दा बढि रक्तदान गर्ने पत्रकार हुन् ।







