• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश १ को नाम पहिचानकै आधारमा हुनुपर्नेमा जोड


  •    संवाददाता/ बिहिबार, साउन १२, २०७९  

  • बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ आबद्ध झापाका विभिन्न जातीय संस्थाका प्रतिनिधिले प्रदेश १ को नामकरण ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।

    उनीहरुले पहिचान बाहेक भूगोल लगायतका नाम राखिए स्वीकार्य नहुने बताए । नेपाल आदिवासी जनजाति महासंघ झापाको संयोजन र संवाद समूह झापाको आयोजनामा बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले नामकरण गर्दा पहिचानको विकल्प नभएको बताए । अधिकांशले प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्नेमा जोड दिए ।

    Advertisement

    सहभागी मध्ये केहीले किरात–लिम्बुवान, कोच–किरात, लिम्बुवान, आदिवासी–जनजाति प्रदेश हुनुपर्ने समेत बताए । उनीहरुले नामको सन्दर्भमा फरक धारणा राखे पनि नाम पहिचानकै आधारमा हुनुपर्ने र सहमतिकै आधारमा तय गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले विवादरहित ढंगले पहिचानवादीको माग र भावना सम्बोधन हुनेगरी साझा सहमति तथा सबैले अपनत्व ग्रहण गर्न सक्नेगरी प्रदेश १ को नामकरण गर्न आग्रह समेत गरेका छन् ।

    Advertisement

    छलफलमा महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, महासंघ जिल्ला उपाध्यक्ष पाण्डवलाल चौधरी, सचिव बिरेन मेचे, सहसचिव रोहित खवास, सदस्यहरु अम्बरबहादुर कुमाल, पदमबहादुर तामाङ, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक लिम्बू, नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष काजीमान घिसिङ, ताजपुरिया समाज कल्याण परिषदका महासचिव हरदेवप्रसाद ताजपुरिया, नेवाः देयू देवु झापाका वरिष्ठ उपाध्यक्ष तिलरुपा श्रेष्ठ, किरात राई यायोक्खा जिल्ला सचिव केवलराम राई, आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष जगतबहादुर मगर, महासंघ कनकाई नगर अध्यक्ष लक्ष्मण ज्वयल श्रेष्ठ, दावा छिरिङ शेर्पा, रघुनन्दन गणेश, महेन्द्र मगर, राजेन्द्र सुनुवारलगायतले  प्रदेशको नामकरणको सन्दर्भमा साझा सहमतिका विभिन्न आधारसहित आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

    किरात प्रदेशमा जोड दिनेले किरात पहिचान र सभ्यता दुबै भएको उल्लेख गरे । छ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ को नामकरण नहुनु दुःखद् भएको बताउँदै उनीहरुले यथाशीघ्र नामकरणमा ध्यान दिन  प्रदेश सरकार, प्रदेश सभा र राजनीतिक दलको ध्यानाकर्षण समेत गराएका छन् ।

    प्रदेशको नामकरणपछि संवैधानिक व्यवस्था अनुसार पहिचानवादीहरुको भावना सम्बोधन र अधिकार स्थापित गर्न स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनाउन पनि जोड दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.