कन्काई उधोग वाणिज्य संघले बिहीबार नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएको छ । निर्वाचन समितिले सपथ ग्रहण गराउने व्यवस्था रहे पनि निर्वाचन समितिले राजीनामा दिदा नया समितिमा अन्यौलता थियो । संघको विधान अन्तरगतको “बाधा अड्काउ फुकाउ” धारा लाई टेकेर वर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले नव निर्वाचित अध्यक्ष लाई सपथ ग्रहण गराएका हुन । गत फागुन २० मा तुलसी विमली अध्यक्ष , वरिष्ठ उपाध्यक्षमा जनक कार्की , बाणिज्य उपाध्यक्षमा जबिन तिम्सीना,उधोग उपाध्यक्षमा डिल्ली राम पाठक, महासचिवमा सरोज सिटौला,बाणिज्य सचिवमा अनिता मैनाली ,उधोग सचिवमा टीका राम बराल ,कोषाध्यक्षमा गोमा देबि कार्की सहित ९ जना सदस्य गरि १८ सदस्य नयाँ समिति बनेको थियो । निर्वाचन प्रक्रिया पछि सपथ ग्रहण नगराई निर्वाचन समितिका संयोजक प्रेम प्र. चुडाल , सदस्यद्वय लिला प्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले राजीनामा दिदा अन्यौलता सृजना भएकाे थियो । तर, निवर्तमान अध्यक्ष चिमरियाले विधानको वाधा अड्काउ फुकाउ धारालाई टेकेर पछि बस्ने साधारण सभाले अनुमोदन गर्ने गरि वर्तमान अध्यक्ष विमलीलाई सपथ ग्रहण गराए संगै कन्काइ उवासंघकाे नव नेतृत्वले पुर्णता पाएकाे छ ।
सपथ ग्रहण पछि पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित अध्यक्ष विमलीले स्थानीय निर्वाचनको आचार सहिता लागू, देशमा छाएको आर्थिक मन्दि र निर्वाचन समितिकाे राजीनामाले सपथ ग्रहण प्रक्रियामा ढिलाई भएकाे जानकारि दिए ।साथै उनले कन्काईका ६ राज्नितिक दलकाे सहयोग र सहकार्यमै नयाँ कार्यसमिति बनेको र सपथ प्रकृया सम्पन्न गरिएकाे बताए ।
सपथ ग्रहण गराए संगै कन्काइ उवासंघकाे नव नेतृत्वले पायो पुर्णता
सपथ ग्रहण गराए संगै कन्काइ उवासंघकाे नव नेतृत्वले पायो पुर्णता
Advertisement
तपाईको प्रतिक्रिया







