२१ जेठ, झापा । झापाको गौरादह नगरपालिकाको ९ नम्बर वडाले कक्षा १२ सम्म निः शुल्क शिक्षा दिने निर्णय गरेको छ । नवनिर्वाचित वडाअध्यक्ष उपेन्द्र निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले वडाका विद्यार्थीहरुलाई कक्षा १२ सम्म निः शुल्क शिक्षा दिनेगरी व्यवस्था मिलाएको हो ।
त्यस्तै वडाबासीको सहजताका लागि आगामी साउन १ गतेदेखी वडा कार्यालय बैगुनध्ुरामा हेल्पडेस्क सञ्चालनमा ल्याउने पनि निर्णय गरिएको वडाध्यक्ष निरौलाले जानकारी दिए ।
Advertisement







