• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शालिक विवाद- झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्र पार्कमा व्यापक सुरक्षाकर्मी तैनाथ


  •    संवाददाता/ शनिबार, जेठ २१, २०७९  

  • बिर्तामाेड, २१ । झापाको सदरमुकाम भद्रपुर– ८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ।महेन्द्र शाह शालिक पुन:स्थापना समितिले आज शनिबार पूर्व राजा महेन्द्र शाहको अर्धकदको शालिक राख्ने कार्यक्रम राखेको छ। झापा प्रशासनले तत्काल शालिक नराख्न र राख्दा भद्रपुर नगरपालिकासँग समन्वय र सहकार्य गरी मात्र कार्यक्रम अघि बढाउन भनी निर्णय गरिसकेको छ।

    तर, शालिक पुन:स्थापना समितिले झापा प्रशासनको निर्णय विपरीत पूर्वराजा महेन्द्र शाहको शालिक राख्न सक्ने भन्दै झापा प्रशासनले पार्कभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। सशस्त्र र नेपाल प्रहरी गरी ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

    Advertisement

    साथै सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्ने सम्भावित बाटोहरू पनि बन्द राखेको छ। यो समाचार तयार पारुन्जेल अहिलेसम्म पार्क वरिपरि शालिक पुन:स्थापना समितिका पदाधिकारीसहितको टोली आइ नपुगेको बताइएको छ।

    Advertisement

    सम्भावित हुन सक्ने घटनालाई मध्यनजर गरी पार्कभित्र सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। पार्कभित्र सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए। झापा प्रशासनको निर्णय विपरीत शालिक राख्न खोजे सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्ने उनले बताए।

    जेठ १८ गते जिल्ला प्रशासन कार्यालय झापामा बसेको सर्वदलीय बैठकले भद्रपुर नगरपालिकासँग समन्वय नगरी बिना अनुमति अनधिकृत रुपमा महेन्द्र पार्कभित्र पूर्व राजा महेन्द्रको शालिक पुन:स्थापना गर्न तत्काल रोक लगाएका थिए। त्यसपछि समितिले संयोजकको नाम उल्लेखसँगै मिति र हस्ताक्षरबिनाको प्रेस विज्ञप्ति प्रकाशन गरी उल्टै झापा प्रशासनलाई ठाडो चुनौती दिएका थिए।

    विज्ञप्तिमा हिजो शुक्रबार दिउँसो १२ बजे महेन्द्र पार्कमा सरसफाइ र शृङ्गार गर्न सबैलाई उपस्थितिको लागि आम अपिल गरिएको थियो।

    त्यसपछि बल्झिएको विवाद समाधानका लागि पुनः हिजै जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको अध्यक्षतामा सर्वदलीय बैठक बस्यो। बैठकमा शालिक पुन:स्थापना समितिका पदाधिकारी, नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल भएको थियो।

    छलफलपश्चात् बैठकले महेन्द्र पार्कमा कुनै पनि गतिविधि गर्दा स्थानीय सरकार अर्थात् भद्रपुर नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने निर्णयलाई निरन्तरता दिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.