जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले फरक धरातलका दलहरूबीचको गठबन्धन सधैँ ‘हिलोको किलो झैँ हल्लने’ टिप्पणी गरेका छन् ।
बिहीबार राति ट्विट गर्दै उनले त्यस्तो गठबन्धन ‘केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने’ उल्लेख गरेका छन् । त्यसले दीर्घकालमा देश र जनताको हित नगर्ने उनको भनाइ छ ।दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका गम्भीर ढंगले विकल्प सोच्नुपर्नेमा उनले जोड दिएका छन् ।
Advertisement







