बिर्तामोड २० । बिश्व साईकल दिवसको अवसरमा बिर्तामोडका जनप्रतिनिधि संग साईकल र सहरका कुरा विषयक अन्तरक्रिया बिर्तामोडमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साईकल चालकहरुले ब्यबस्थित पार्किङ र साईकललेन निर्माणकालागि जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
नगर प्रमुख प्रसाईले साईकलको सहजता ,स्वास्थ्य,ट्राफिक ब्यबस्थापनका लागि वर्तमान समयको महत्त्वपूर्ण विषय भएकोले नगरपालिकाको तर्फबाट आवस्यक पहल गर्दै सुरक्षीत साईकिलिङ अवधारणा निर्माण गर्न सकारात्मक रहेको बताईन ।
बिर्तामोड साईकिलिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख अशोक कुमार जवेगू
वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईं,३ का वडाध्यक्ष मदन बुढाथोकी ,बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी संचारकर्मी लिला अनमोल लगायतले आ-आफ्ना धारणा राखेका थिए। आकाश श्रेष्ठको सहजीकरण रहेको कार्यक्रमको संचालन बिनोद दाहाल







