• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरकारले गर्यो उद्धार उडान स्थगित, घर फर्कन विमानस्थल पुगेका नेपाली अलपत्र


  •    संवाददाता/ मङ्गलबार, भदौ ०२, २०७७  

  • काठमाण्डौ – सरकारले उद्धार उडान स्थगित गरेपछि घर विदेशबाट घर फर्कन विमानस्थल पुगेका नेपालीहरु अन्योलमा परेका छन् । यूएईमा नेपाल एअरलाइन्स मार्फत स्वदेश फर्कन विमानस्थलमा पुगेका नेपालीहरु जहाज रित्तै फर्किएपछि अलपत्र परेका हुन । सरकारको यो निर्णयको श्रमिकहरुले बिरोध गरिरहेका छन् । कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौं नेपाली स्वदेश फर्कन पाएनन् ।

    समयमा घर फर्कन नपाउँदा नेपालीहरु विभिन्न समस्यामा परे । समस्यामा परेका र घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड उडानहरु सञ्चालन गरेको थियो । यस अवधिमा ५१ हजारभन्दा धेरै नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कि सकेका छन् ।

    Advertisement

    सरकारले आइतबारदेखि पाँचौं चरणको उद्धार उडान तालिका सार्वजनिक गर्‍यो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो ।

    Advertisement

    तर सोमबार साँझ क्वरेण्टीनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासी तय भएका उडानहरु रद्द गरिदिएपछि विमानस्थलमै पुगका नेपाली अलपत्र परेका छन् भने घर फर्कन टिकट काटेर झोला प्याक गरिसकेका नेपाली अलमलमा परेका छन् । महिनौंपछि घर फर्कन पाइने खुसीमा बादल छाएको छ । उनीहरु थप तनाबमा परका छन् ।

    अब के होला ?

    अब उडान के होला रु काटेको टिकट र विमानस्थलमा पुगेका नेपालीलाई परेको मारको क्षतिपूर्ति कसले व्यहोर्ला रु यस्तै जिज्ञासा र आक्रोश परदेशी नेपालीहरुले अहिले पोखिरहेका छन् । यस विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकामा पनि कोरोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाण्डौमै क्वरेण्टीनमा राखेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगित गर्नु परेको उहाँको भनाइ छ ।

    ‘विदेशबाट आएकालाई काठमाण्डौमा नै राख्ने निर्णय भइसकेको छ, तर काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम पनि बढेको छ, अनि यहाँ अहिले क्वरेण्टीनको पनि उचित व्यवस्थापन भएको छैन,’ सहसचिव लामिछानेले भन्नुभयो, ‘अब यसबाट पर्न गएको असुबिधालाई मध्यनजर गर्दै छिट्टै अर्को निर्णय हुन्छ, सरकार छलफल गरिरहेको छ ।’ अहिले नेपालमा कोरोना जोखिम बढ्दै गएपछि पालिकाहरुले पनि निषेधाज्ञा गर्ने क्रम बढ्दो छ ।

    कोरोनाको जोखिम पनि दिनहुँ बढिरहेको अवस्थामा विदेशबाट घर फर्कनेको उचित व्यवस्थापन नहुँदा झन जोखिम बढ्ने भएकाले उडान स्थगित गरिएको भनिए पनि विदेशमा महिनौंदेखि समस्यामा रहेका नेपाली विदेशमा झन् जोखिममा परेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.