लोेकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिलकुमार झाले सरकारले ल्याएको बजेट वितरणमुखी भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ३ घण्टा खर्च गरेर वाचन भएको बजेटले ६ महिनापश्चात् हुने चुनाव केन्द्रित भएको बताए ।
“यो बजेट वितरणमुखी छ । ६ महिनापश्चात् हुने निर्वाचनका लागि २, ४ लाख कार्यकर्तालाई वितरण कसरी गर्न सकिन्छ भनेर बनाइएको छ,” उनले भने, “यस वर्षको बजेट परम्परावादी मात्र हो । बजेटले सबै जनताको भावना र आवश्यक्तालई समेट्न सकेको छैन । अहिलेको बजेट सरकारमा रहेका शीर्ष नेताहरूको चाहनाअनुरूप मात्रै आएको छ ।”
Advertisement







