सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज फेला पार्न नसकेको बताइएको छ ।
१९ यात्रु र ३ चालक दलका सदस्य रहेको जहाज सम्पर्कविहीन भएको छ ।
तारा एयरको जहाज बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कमा छैन ।
लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ ।
Advertisement
प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए ।







